२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

धर्मको राजनीति र ब्यापार गर्नु हुँदैन : सांसद भगवती चौधरी (भिडिओ सहित)

इटहरी / सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संघीय सांसद भगवती चौधरीले धर्मको राजनीति र ब्यापार गर्न नहुने बताउनु भएको छ। सुनसरीको गढी ३ साबिक छिटाहा मा आयोजित श्रीमत भागवत सप्ताह महापुराण को उद्घाटन मा बोल्दै चौधरीले धर्मको राजनीति र ब्यापार गर्न नहुने बताउनु भएको हो। उंहाले भन्नु भयो : आधुनिक युगमा धर्मको पनि व्यापार हुन थालेको छ। धर्म परिर्वतन गराउने कर्म गर्दैमा राजनीतिक समर्थन व्यापक हुन्छ भन्ठान्नु महाभूल हो।

पछिल्लो समय हिन्दु धर्मको माग लाई लिएर राप्रपा ले सडक आन्दोलन गर्ने तयारी गरिरहेको छ भने नेपाली कांग्रेसको भर्खरै सकिएको महासमिति बैठकमा पनि हिन्दु धर्मको कुरा जोडतोडले उठिरहेको अवस्थामा चौधरीको राप्रपा लक्षित उप्त अभिव्यक्ति आएको हो।

सबै राजनीतिज्ञ धार्मिक हुनु पर्ने तर धर्मको राजनीति गर्न नहुने उहाको कथन थियो। धर्म परिवर्तन दर तिब्र भैरहेको भन्दै धर्मको व्यापार गर्न नहुने मा उँहाको जोड थियो। कार्यक्रम मा गडी गाउपालिक उपाध्यक्ष अनिता चौधरी, प्रदेस सभा संसद रामदेव यादब लगायत को उपस्थिति रहेको थियो।

नेपालमा १११ जाति, जनजाति र पिछडिएका वर्ग छन्। तिनका आफ्ना मौलिक संस्कृतिहरू छन्। कोही मूर्तिको, कोही वनदेवी र जंगलको, कोही रूखको र कोही वायु र मृतात्माको, कोही सूर्य र पानीको पूजा गर्छन्। सबैका अलगअलग रीतिरिवाज छन्। परम्परा र प्रथा खराब भएमा तिनलाई समयसापेक्ष सुधार गर्दै जानुपर्छ, तर धर्म परिवर्तनका नाममा आफ्नो मौलिक संस्कृति, मूल्य र मान्यता तथा परम्परा, खानपान, भेषभूषालाई भने बलि चढाउनु कदापि हुन्न। किनकि यसो गर्दा जातीय अस्तित्व नै समाप्त वा लोप भएर जानेछ।

आधुनिक युगमा सबै कुराको व्यापार हुँदै आएको छ। धर्मको पनि व्यापार हुन थालेको छ। आफ्नो दुनो सोझ्याउन अरूको उपकारको बहाना गर्नेहरूको यहाँ कमी छैन। धर्म परिर्वतन गराउने कर्म गर्दैमा राजनीतिक समर्थन व्यापक हुन्छ भन्ठान्नु महाभूल हो।
हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस