काठमाडौं । काठमाडौंमा भीषण हावाहुरीसहित वर्षा भइरहेको छ । हावाहुरीसँगै भएको वर्षाले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
प्रहरीका अनुसार थापाथली, पुतलीसडक र चुच्चेपाटीमा सवारी आगमनमा असर परिरहेको छ । सडकपेटीका रुखहरु ढल्न सक्ने, कमजोर संरचना आसपास दुर्घटना हुनसक्ने भन्दै महानगरले सचेत रहन भनेको छ । ठूलो आवाजका मेघ गर्जनपनि भइरहेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार

