२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रालयको बाँडफाँट मिलाउन नयाँ सत्ता गठबन्धनको बैठक बुधबार पनि बस्दैछ। बिहान ११ बजेपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बैठक बस्ने तय भए पनि समय यकिन नभएको बताए।

उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी कमिटीको बैठक पनि बुधबार बिहान ८ बजे बस्दैछ। बैठकले सत्ता सहकार्यको विषयमा छलफल गर्ने नेता श्रेष्ठले बताए। ‘मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले सरकारमा को पठाउने भनेर छलफल हुँदैन। पहिलो कसले कति पाउने, गठबन्धनमा कोको आउने टुंगो लाग्नुपर्‍यो,’ उनले भने।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस