२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

नयाँ सरकारलाई अर्थतन्त्रले गर्यो स्वागत : नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

nepal share market today

काठमाडौँ, फागुन २३ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्युचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ । आज सरकारले पूर्णता पाउने संकेत देखिएपछि अर्थतन्त्रले स्वागत गरेको जानकारहरुको भनाई छ । रासस

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस