२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रचण्डको नेतृत्वमा २० सदस्यीय मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय ? [सूचीसहित]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि सोमबार उनले तीन मन्त्रीहरुलाई बिनाविभागीय जिम्मेवारीमा पठाएका थिए। प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

प्रधानमन्त्री दाहालले बाँकी १९ जनाकै जिम्मेवारी पनि तोकेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

मन्त्री तथा मन्त्रालय जिम्मेवारीको सूची यस्तो छ ।

नेकपा एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थमन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा (एकीकृत समाजवादी) 

१, भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन

२, धनबहादुर बुढा शहरी विकास

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस