२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

एमालेको निश्कर्ष: मुलुकको हित, स्थायित्व र समृद्धिका लागि प्रचण्डसँग सहकार्य [ भिडिओ ]

काठमाडौं । नेकपा (एमाले) ले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य थालेको प्रष्ट पारेको छ। कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनाएको नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने आज सचिवालय बैठकले निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ। त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसावले एमालेको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुर्याएका छौं। विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए। भिडिओ

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस