२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । कास्कीको पर्चे केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ७:३० बजे पर्चे आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पले कुनै क्षति भएको छैन। केन्द्रबिन्दु आसपासको क्षेत्रबाट क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। केही महीनाअघि गएको जाजरकोट भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस