२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कांग्रेसलाई प्रचण्डको चुनौती- हिजो मिलेर टाउको काट्न खोज्नुभएकै हो, सक्नुहुन्छ भने एमालेसँग मिल्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए।

उनले भने- गठबन्धन बन्ने र भत्किने प्रक्रिया चलिरहेको तर मलाई प्रेसर दिन हो या अलि बढी पोलिटिकल्ली घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ। ठूला दलहरू मिल्यौँ भने तेरो हालत के हुन्छ ? भनेर पहिला पनि भनियो आज पनि भनियो मेरो कामना छ तपाईँहरू मिल्नुस् सबै मिल्नुस् तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र संविधानको पक्षको राष्ट्रियताको पक्षमा लडिराख्छ। तपाईंहरुलाई लागेको छ प्रचण्ड डराउँछ भनेर कांग्रेसका नेता साथीहरूलाई हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न लागेको हो नि त। डराउँछ माओवादी केन्द्र भन्ने लागेको छ। त्यस्तो हुँदैन। सक्नुहुन्छ मिल्नुस्।

उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ। उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे। उनले थपे- तीनैलाई तपाईँहरू प्रधानमन्त्री बनाउन हिँडिरहेको पनि देखेकै हो नि। यति धेरै डबल स्ट्यान्डरको कुरा हामी किन गर्ने ? आफूतिर आए प्रधानमन्त्री बनाउन तयार नआए भ्रष्टाचार, मुद्दा परेको कारबाही गर्नुपर्छ। यस्तो पनि हुन्छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस