२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

दैवको नियती: अस्पतालबाट फर्किँदै गरेकी उषाले धकेलेर श्रीमानलाई बचाइन् तर आफू बितिन्

धनकुटा । धनकुटामा रुख भाँचिएर लाग्दा एक जना महिलाको मृत्यु भएको छ । करिब दिनको ४ः५० बजे धनकुटा नगरपालिका वडा नंं ४ को सल्लेरी स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिले तर्फ जादै गरेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडी सवार धनकुटा नपा–१ बस्ने आशिष तामाङकी श्रीमती ३० बर्षिय उषा तामाङलाई सोही स्थानमा सडकको छेउमा रहेको शिरिषको रुख आफै भाँचिएर छातीमा लाग्दा गम्भीर घाईते भइ उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याई पुर्याउन साथ चिकित्साकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकल चालक तामाङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रुख ढलेको देखेपछि श्रीमानलाई धकेलेर रुखले नभेट्ने ठाउँमा पुर्याईन् । श्रीमान् बचे तर उनी बितिन् । विलौना गर्दै श्रीमान् आशिषले सुनाए । उनीहरु अस्पतालबाट फर्किदै गरेका थिए ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस