२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सुन तस्करी अभियोगमा पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो ।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । महरालाई टीभी, युरिक एसिड लगायतका स्वास्थ्य समस्या रहेका छन् । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस