२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पूर्व अर्थमन्त्री आचार्यलाई पुत्र शोक, अचानक ब्लिडिङ भएर शिखरको अल्पायुमा निधन

काठमाडौं । पूर्व अर्थमन्त्री एवं आचार्य बन्धु समाज नेपालका सल्लाहकार महेश आचार्यलाई पुत्रशोक परेको छ। ज्येष्ठ सुपुत्र शिखर आचार्यको काठमाडौंमा उपचारको क्रममा अल्पायुमा निधन भएको हो । कांग्रेस नेता समेत रहेका आचार्यका जेठा छोरा शिखरको हिजो साँझ ६ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । ४० वर्षका शिखरका पत्नी, दुई छोरी छन्।

पारिवारिक स्रोतका अनुसार अचानक ब्लिडिङ भएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा हिजो शल्यक्रियासमेत भएको थियो। तर, त्यसको आधा घन्टापछि उनको निधन भएको थियो। नेता आचार्यका दुई छोरा छन्।

 

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस