२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज जिगज्याक गरी मोटरसाइकल चलाउनेसहित २४१ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार होलीमा दुई सय ४१ सवारी साधन चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

दुई पांग्रे २३३ र ८ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन्। एसएसपी श्रेष्ठका अनुसार सबैभन्दा बढी कागजपत्र साथमा नराख्नेहरू कारबाहीमा परेका छन्। हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाएको, जिगज्याक गरी चलाउने, तीन जना चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाहीमा परेका हुन्।

काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेल लगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन्। बसन्तपुर जानेहरूलाई न्यूरोड र सुन्धाराबाट भित्र छिर्न दिइएको छैन। त्‍यस्तै दरबारमार्गमा पनि डाइभर्सन मिलाएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस