२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

जिबि राईलाई पक्राउ गर्न सम्पूर्ण शक्ति लगाएका छौं, अहिल्यै भन्न मिल्दैनः गृहमन्त्री लामिछाने

Rabi apologized saying that it was a mistake to make a 'personal attack' on mediapersons

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबि राईलाई पक्राउ गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएका छन्। चितवनमा पत्रकारहरूसँग बोल्दै मन्त्री लामिछानेले अगाडिका मन्त्रीले जे-जे गरेपनि आफू आएपछि जिबि राईलाई पक्राउ गर्न पूरै शक्ति लगाइरहेको बताएका हुन्।

तर, त्यसबारे अहिले नै भन्न नमिल्ने उनको भनाइ छ। ‘अगाडि नै प्रोसेस भनिदियौं भने त अप्ठ्यारो होला। जस्तै हिजो पक्राउ पर्नुभयो अघिल्लो दिनसम्म त तपाईहरूलाई थाहा थिएन। भोलिपल्ट एकैचोटी थाहा पाउनुभयो नी। त्यस्तै हुन्छ,’ मन्त्री लामिछानेले भने।

प्रधानमन्त्रीले पनि कानुनले जे भन्छ त्यही गर्नू भन्ने स्पष्ट निर्देशन रहेको मन्त्री लामिछानेले बताए। ‘सूचना नचुहियोस् भनेर नभनेको हो,’ उनले भने, कानुनले जे भन्छ त्यही गर्ने। निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने ‘प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ।’

उनले वचतकर्ताको रकम फिर्ता गर्न भागेका र अपचलन गरेकाहरूलाई खोजेर ल्याउन सरकार लागिरहेको बताए। ‘उनीहरूको सम्पत्ति खोजेर यसलाई कसरी हुन्छ उपलब्ध गराउने र जहाँ भएपनि ल्याउने वभिन्न सहमति भएको छ। यसको कार्यान्वयनका लागि सरकार अगाडि बढ्छ,’ उनले भने।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस