२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जब कर्णाली नदीको पुलबाट एकै पटक १७ जनाले हाम फाले…!

लम्किचुहा । कर्णाली नदीको पुलबाट एकै पटक १७ जनाले हाम फालेका छन् । कर्णाली नदीमा रहेको पुलबाट हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरुले हाम फालेका थिए । तर एक जना बेपत्ता भएका छन्।

होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही छन्।

पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बेपत्ता शाहको खोजी कार्य भइरहेको छ।

https://youtube.com/shorts/d6CFHeVEiG0?si=1rdJ6C3BuKMfhlXN

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस