२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

धनगढीबाट उडेको जहाज जब २ घण्टा ३० मिनेट आकाशमै होल्ड हुनुपर्यो !

धनगढी । कैलालीको धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै होल्ड भएर भैरहवामा अवतरण गरिएको छ। आज बिहान ७:१२ बजे उडेको जहाज मौसममा खराबीका कारण काठमाडौंको आकाशमा २ घण्टा २२ मिनेट होल्ड भएको थियो। त्यसपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ।

उक्त जहाजमा ८० सिट क्षमता रहेकोमा दुई बच्चासहित ७७ जना यात्रु थिए। श्री एयरका अनुसार काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड भएको थियो। सो क्रममा यात्रु त्रसित बनेका थिए।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस