२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उपत्यकासहित चार प्रदेशमा हावाहुरीसहित वर्षा

काठमाडौं, चैत १८ गते। काठमाडौँ उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा अहिले पानी परिरहेको छ। मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षा भएको हो।

विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटी प्रि मनसुनको समय भएकाले साँझपख मेघ गर्जन चट्याङसहितको वर्षाको सम्भावना निरन्तर हुने बताउँछन् । अहिले उपत्यकाको उत्तरी क्षेत्रमा वर्षा भइरहेको छ।

उनले भने, “अहिले प्रि मनसुनको समय छ, स्थानीय वायुको प्रभावका कारण साँझपख मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना हुन्छ। मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने सफा रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेशको मौसम आंशिक बदली भएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस