२०८३ जेष्ठ २२ गते शुक्रवार | 2026 June 5th Friday

नारी दिवस विशेष : दुराचारी देख्दा, भेट्दा थाकेकी छु

त्यो काँधसँगै यो काँध पनि, अगि सारेकी छु ।
सँगै जिउने सँगै मर्ने, बिश्वास मैले पालेकी छु ।।

तिमी पुरुष म महिला, एकै रथका दुई पाङ्ग्रा ।
लिङ्ग, वर्ण, जात होइन, दिल जोड्न आँटेकी छु ।।

सीता नारी, शोभा नारी, यो सृष्टिको श्रष्टा नारी ।
म हुँ छोरी, मै हुँ आमा, सारा संसार थामेकी छु ।।

बीस, भाङ्ग धतुरो खाई, लट्ठ पर्ने शिवजीलाई ।
शिरमा राखी, श्रदा पूर्वक पर्मेश्वरै ठानेकी छु ।।

आदिशक्ति महिलालाई पुज्ने हाम्रो समाजमा ।
आजभोलि दुराचारी देख्दा, भेट्दा थाकेकी छु ।।

 

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस