२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहन्छौं : परराष्ट्रमन्त्री

Narayan Kaji Shrestha

२१ चैत, काठमाडौं । उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी दिएका परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणमा भएका भेटवार्ताहरु र छलफलबारे जानकारी गराएका छन् । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको उनले बताए । तर अहिले भारतमा लोकसभा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण नहुने उनले बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले संसदमा भने, ‘हामी भारतसँग पनि गम्भीर प्रकारले हार्दिकताका साथ छलफल गर्न चाहन्छौं ।’ त्यो छलफलले परम्परागत असल मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपालको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी अगाडि बढाउन जोड दिनुपर्ने उनले बताए । नेपाल भारत सम्बन्धमा इतिहासले छाडेका कतिपय विषय रहेको भन्दै उनले यसको कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस