२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पर्सा निकुञ्जको उपचार केन्द्रमै मरे ३ बाघ, जंगलमा ४ मृत फेला

बारा । मात्र ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ। विभिन्न स्थानहरूबाट उद्धार गरेर ल्याइएका भाले र पोथी गरी तीन वटा बाघहरू उपचारकै क्रममा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ। यो बाहेक निकुञ्ज आसपासका वनमा डेढ महिनामा ४ वटा बाघ मृत अवस्थामा फेला परेका थिए।

२०८० असार २२ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको बाघको पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा चैत १६ गते मृत्यु भएको छ। चितवन निकुञ्जको उपचार केन्द्रमा राखेर उपचार गर्ने ठाउँको अभाव भएपछि ती उक्त बाघलाई पर्सा उपचार केन्द्रमा ल्याइएको थियो।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस