२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख माग्दै मेयर सम्पाङले काठमाडौंमा गरे प्रदर्शन

Mayor Sampang protested in Kathmandu demanding a directly elected executive head by the people

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन्। काठमाडौं रहेका मेयरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका छन्।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका छन्। ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा बसेका थिए । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन्।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस