२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

कांग्रेसका सांसदको संगीन आरोप ‘घण्टी साइबर सेना’ हुत्थी आतंककारी जस्तै खतरनाक

काठमाडौं । कांग्रेस सांसद राजेन्द्र बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई गम्भीर र संगीन आरोप लगाएका छन् । रास्वपा समर्थित नेता कार्यकर्ता र साइबर सेनाले सामाजिक सञ्जालबाट आफ्ना महामन्त्री गगन थापालाई व्यक्तिगत आक्रमण गरेको भन्दै उनले गम्भीर आरोप लगाएका हुन् । प्रतिनिधि सभामा बुधवार शून्य समयमा बोल्ने क्रममा सहकारी काण्डका कारण रास्वपा बदनाम भएको भन्दै कांग्रेसबाट टिकट नपाए रास्वपामा जानेहरुको बाटो बन्द भएको बताएका थिए ।’

त्यसलगत्तै उनले गगन थापामाथि पछिल्ला केही दिनयता सामाजिक संजाल फेसबुक र ट्वीटरमा ‘पर्सनल अट्याक’ गर्ने रास्वपा कार्यकर्ताको शैलीलाई यमनी हुथी आतंककारीभन्दा खतरनाक भनेका छन् । बजगाईले भने, ‘यमनी हुथी आतंकारीले लालसागर र एडेन खाडीका समुद्री जहाजहरूको रक्षार्थ तैनाथ अन्तर्राष्ट्रीय सैन्य बलहरूविरुद्ध भीषण आक्रमण गरे झैं महामन्त्री गगन थापा माथि सामाजिक संजालमा व्यापक आक्रमण गरिरहेका छन्। पार्टीका कुनै पनि साथीको गरिमामा चोट गर्ने भित्रबाहिरको आक्रमणका विरुद्ध एकजुट हुनु पर्दछ ।’

उनको पछिल्लो अभिव्यक्तिबारे प्रष्ट पार्दै बजगाईले गगन थापाहरुमथि आक्रमण गर्दा कांग्रेस कमजोर हुने भएपछि ‘घण्टी साइबर’ले हुथी विद्रोहीको शैलीमा सामाजिक संजालमा घृणा (हेट स्पीच) बढाएको आरोप लगाए ।’

 

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस