२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आमा र जीवन सबैभन्दा माथि : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आमा र जीवनको मूल्य कसैले गर्न नसक्ने बताएका छन् । बिहीबार आमा–छोरी नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले कुनै पनि तत्त्वले जीवन र आमाको महत्वलाई नघटाउने बताए । जुनसुकै सिद्धान्त र विज्ञानले आमाको महत्वलाई घटाउन नसक्ने उनले स्पष्ट पारे ।

जीवनको सम्पूर्ण जिम्मा आमाले लिने ओलीले बताए । प्रकृतिले आमालाई जीवनत्व दिएको उनले स्पष्ट पारे । ‘आमाको विशेष महत्त्व छ’, उनले भने ।
मानिसहरूमा मात्र होइन अरू जीवमा पनि आमाको छुट्टै महत्त्व रहेको उनले बताए । अन्य जीवमा पनि आमा ममताकी खनी भएको ओलीले स्पष्ट पारे ।
बाबु–आमाको हेरविचार नगर्ने कुराबाट जोगिनु पर्ने ओलीले बताए । आफू पनि भोलि त्यही ठाउँमा पुग्नु पर्छ भन्ने कुरा नबिर्सन उनले आग्रह गरे । बाबु– आमालाई पर पन्छाउने कुरा नसिक्न ओलीले सबैलाई आग्रह गरे । ओलीले पारीको बाटो होइन वारिकै बारेमा सोच्न आग्रह गरे । पारीको बाटो बारे सोच्दा वारिको बाटो बिग्रने कुरा बिर्सन नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस