२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनी सरकार गठनका लागि महराको दाबी

२३ चैत, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । बिहीबार सत्तासाझेदार दलहरूबीच देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेश गरेका हुन् ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए । प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन् । राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस