२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उर्लावारीमा जेठाजुद्वारा बुहारी बलात्कृत

विराटनगर । मोरङमा भाईवुहारीलाई बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्। उर्लाबारी–४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई वुहारी बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

२५ वर्षीया पीडित महिलाको जाहेरीका आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीको भनाई छ। ती महिलाले जेठाजुले गत सोमवार राति १२ बजे मुख तथा घाँटीमा समातेर बलात्कार गरेको जनाएकी छिन्।

भाग्न, उम्कन र कराउन समेत नसक्ने गरि बोकेर आफू सुत्ने कोठामा लगि बलात्कार गरेको उनको जाहेरीमा उल्लेख छ। जाहेरी पछि पौडेललाई उनकै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देबेन्द्र दासले बताए।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस