२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ललितपुरमा भीषण आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटयो

Fire lalitpur

२४ चैत, काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए । ललितपुर महानगरपालिका(२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस