२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको उद्धार

काठमाडौं, चैत २५ । कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। आइतबार साँझ फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीले बोट पल्टिएर खसेका युवकको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार स्याङजा अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय सोभित परियारको उद्धार भएको हो। दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवातालस्थित रेस्क्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै उद्धार गरेको हो।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस