२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बेलायतमा भेटिएकाे सुनको डल्लो बिक्री भएन

The gold nugget found in Britain was not sold

लन्डन। बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्ला भेटाएका थिए। पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो। सो सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड बिचमा तोकिएको छ ।तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन। यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य धातुको डल्लु बेचिने आशामा रहेका छन्।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस