काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने घोडेजात्राको विशेष लाईभ यहाँ प्रस्तुत गरिएको छ । घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ । औँसी तिथिमा मनाइने घोडेजात्राले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ ।
यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । यो दिन टुँडिखेलमा घोडा दगुराउने कामका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि गर्ने गरिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ ।
प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार

