२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त

धनगढी, चैत २६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्। नाउपा सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फबाट सांसद थिइन्।

उनलाई सांसद पदबाट फिर्ता बोलाउने नाउपाले निर्णय गरेको थियो। सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र चैत २१ गते नाउपाले प्रदेश सभालाई जानकारी गराएको थियो। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ अनुसार सूचना प्रकाशित गर्न सभामुखले निर्देशन दिएअनुसार प्रदेश सभा सचिव देवबहादुर बोगटीले सोमबार सूचना प्रकाशित गरेका छन्।
गिरी नाउपा संरक्षक रेशम चौधरीनिकट थिइन्। उनलाई संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेकी थिइन्।
यस्तो छ सूचना:

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस