२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

एमाले हुम्ला अध्यक्षमा बुमी

सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन्। पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी डबल रावतलाई पराजित गर्दै उनी निर्वाचित भए। उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ

प्रकाशबहादुर शाही उपाध्यक्ष, तीर्थराज बोहरा सचिव, प्रदीप लामा खुला उपसचिव तथा मञ्जु रावल महिला उपसचिव निर्वाचित भएका छन्। अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस