२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ

Gold Price Today Nepal

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस