२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

चुनावअघि गठबन्धन गरेर दुईचार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले चुनावअघि गठबन्धन गरेर दुईचार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका छन्। सत्ता समीकरणमा साना दलहरूले बार्गेनिङ बढाएपछि फेरि मुलुक राजनीतिक कचिङ्गलमा फस्नु दुखद् हुने उनको भनाइ छ।

उनले भनेका छन्, ‘फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थिरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ। चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ। समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत ल्याउन सक्ने चुनावी प्रणालीमा देशलाई लानुपर्ने बताए।’

 

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस