२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सडक दुर्घटनामा रामबहादुर राईको मृत्यु

काठमाडौं । भक्तपुरमा शनिबार मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित उदयपुर घर भइ हाल चाँगुनारायण नगरपालिका -७ खरिपाटी बस्ने ४० वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हिजो (शनिबार) १३:४० बजे भक्तपुर चाँगुनारायण नगरपालिका-७ भद्रकाली स्थित खरिपाटीबाट कमलबिनायक तर्फ आउँदै गरेको बा.प्र ०२-०२५ प. १४०१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सवारी दुर्घटना भएको थियो।

उक्त दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार राई गम्भीर घाइते भएपछि उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा हिजो साझ मृत्यु भएको हो।

मृतक राईको पोष्टमार्टमको लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ। मोटरसाइकल र उदयपुर गाईघाट घर भई हाल खरिपाटी बस्ने २४ वर्षीय चालक अबिन कुमार सार्कीलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस