२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भक्तपुरमा बाघको मुखबाट बचिन् बालिका

काठमाडौं । भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। शनिबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका– ४ साङदह स्थित पलासे घर भई साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएकी थिइन्।

उनलाई उद्धार गरी थप उपचारका लागि टेकु अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस