२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

जुवाखालबाट पक्राउ परेका एमाले नेतासहित १४ जनालाई जिल्ला झिकाइयो

prakash khadka

धनगढी । कैलालीको टीकापुरमा जुवाखालबाट पक्राउ परेका नेकपा एमालेका जिल्ला नेता प्रकाश खड्कासहित १४ जनालाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलाली झिकाइएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका सुदूरपश्चिम सचिव समेत रहेका खड्का, टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर बिष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ पक्राउ परेका थिए । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रशासन पेश गर्न लागिएको हो ।

ईप्रका टीकापुरका प्रहरी नाउव उपरीक्षक विश्वराज अधिकारीले उनीबाट ताससहित २५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिए । जुवा ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस