२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा एमाले र कांग्रेसबीच रोमाञ्चक प्रतिस्पर्धा, फेरि दमन अघि बढे

१७ वैशाख, काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच रोमाञ्चक प्रतिस्पर्धा भएको छ । सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका थिए । अहिले एमालेका भण्डारीले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार भण्डारीले ९८८९ मतका साथ अग्रता लिइरहेका छन् भने सिंहले ९८७९ मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर १० मात्रै छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३६२२ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३९३ मत पाएका छन् । यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस