२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

काठमाडौं, वैशाख १९ । भक्तपुरमा इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। रामेछाप उमाकुण्ड गाउँपालिका-४ का २८ वर्षीय सन्देश सुनुवार र उनको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

उनका अनुसार चाँगुनारायण नगरपालिका-४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो।
‘बसिरहेको जग्गामा इनार खन्दै ५५ फिट तलसम्म पुगेका रहेछन्,’ उनले भने, ‘तल ग्यास निस्केर अचेत अवस्थामा भेटिएका थिए।’

उद्धार गरेर भक्तपुर अस्पताल लग्दा उनीहरू दुवैको मृत्यु भइसकेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस्तै पोष्टमर्टमको लागि शव भक्तपुर अस्पतालमै राखिएको उनले बताए।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस