२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गगनले स्वीकारे रविको चुनौती, सहकारी ठगी पुष्टि गर्न नसके राजनीति छाड्छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच टकराव बढेको छ। कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै संसदीय छानविन समितिको अडान राख्दै सदनदेखि सडकसम्म चर्काएपछि दुई नेताहरुबीच टकराव बढेको हो।

रवि र गगनबीच चर्को टकराव परेको हिजो बसेको प्रतिनिधि सभाको बैठकमा पहिलो पटक होइन। यसअघि दुई नेताबीच सम्बन्ध राम्रो भएपनि कांग्रेसले सहकारी प्रकरणलाई लिएर छानविन समितिको अडान राखेपछि दुई नेताबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा महामन्त्री थापाले गृहमन्त्रीले कहिले प्रधानमन्त्री, कहिले प्रहरी हुँदा हुँदै महान्यायाधिवक्ता कार्यालयलाई दुरुपयोग गरेको आरोप लगाए। गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गरे।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस