२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बिरामी भएपछि केपी ओली सदनमा अनुपस्थित

काठमाडौं, जेठ १ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीय संसदको संयुक्त बैठकमा अनुपस्थित छन्। मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

उक्त बैठकमा अध्यक्ष ओली उपस्थित छैनन्। एमाले सचेतक सुनिता बरालका अनुसार अध्यक्ष ओली बिरामी छन्। ‘बिरामी भएका कारण अध्यक्षज्यू संसदमा अनुपस्थित रहनु भएको हो,’ उनले भनिन्।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस