२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

एकैदिन उच्च दरमा बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

Gold Price Today Nepal

काठमाडौं, जेठ २ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस