२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सन्दीपको मुद्दामा हारेको सरकारी पक्ष (जाहेरी गौशाला –२६) को यस्तो छ प्रतिक्रिया

Gaushala 26

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले भने अहिले कुनै निर्णय नलिने बताएको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले हाल फैसलाको राय मात्र सार्वजनिक भएको सार्वजनिक सञ्चार माध्यमबाट सुनेकोले सर्वोच्च जाने बारे यसै भन्न नसक्ने बताए ।

‘उच्च अदालतले सफाइ दिएको सुनेका छौँ । के आधारमा र कसरी सफाइ दियो हामीलाई जानकारी छैन,’ दाहालले भने ‘हाल संक्षिप्त आदेश मात्र गरेको छ । केही समयमा फैसलाको पूर्णपाठ आउँला अनि निर्णय लिइन्छ । फैसलामा अध्ययन गरेर पुनरावलोकन गर्ने निर्णय गरिने उनले बताए । जिल्लाको फैसला बदर भई १० वर्षभन्दा माथि सजाय हुनुपर्ने माग गरेकोमा पूर्ण रूपमा सफाइ दिनुको आधार र कारणहरू आउलान् अनि त्यसपछि महान्यायाधिवक्ता कार्यालयले प्रक्रियासम्मत रूपमा निर्णय लिने उनको दाबी छ।

सन्दीपको मुद्दा सर्वोच्चमा लैजानका लागि उच्च सरकारी वकिलको कार्यालयले टिप्पणी उठाउनुपर्ने छ। त्यसबाट उठेको टिप्पणीका आधारमा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्नेछ। सरकारी पक्षले एक तह मात्र पुनरावेदन गरेकाले सर्वोच्चसम्म पुग्न सक्ने देखिन्छ । जिल्लाले दोषी ठहर गरेको र उच्चले सफाइ दिएका कारण यो एक तहमा पुनरावेदन हुने देखिन्छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस