२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ जाँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घनाग्रस्त जीपमा चालक सहित १५ जना सवार थिए।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस