२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खोटाङका प्रहरी जवानको काठमाडौंमा हत्या आशङ्कामा ६ जना पक्राउ, कारण लागूऔषधको शंका

काठमाडौं, जेठ ६ गते । प्रहरी जवान युवराज घिमिरेको हत्या आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

लागूऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ल प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । खोटाङको दिक्तेल मझुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो ।

लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस