२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

देउवाले भने, कैलाश सिरोहियालाई पक्राउ गर्नु खेदजनक

काठमाडौं, जेठ ८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति खेद जनाएका छन्। मंगलबार सिरोहिया पक्राउ परेपछि उनले आफ्नो ट्विटरमार्फत आपत्ति जनाएका हुन्।

सभापति देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन्। उनले लेखेका छन्, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस