२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मधेसका मुख्यमन्त्रीले डेढ वर्षको अवधिमा आज पाँचौँ पटक विश्वासको मत लिँदै

२३ जेठ, काठमाण्डौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौं पटक विश्वासको मत लिँदैछन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज डेढ वर्षको अवधिमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस