२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बेलौरी नगरपालिकामा घरको जग खन्दा बमहरुको थुप्रो भेटिएपछि…

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ पडाउमा घरको जग खन्दै गर्दा जमिनमुनी बोरामा बमहरुको थुप्रो भेटिएको छ । ती सकेट बमहरु भएको प्रहरीले उल्लेख गरेको छ । जिल्ला प्रशासन र प्रहरीसहितको टोली उक्त स्थानमा पुगेर निरिक्षण गरेको थियो । सशस्त्र द्वन्द्वका बेला लुकाइएका बम भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस