२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पत्रकार महासंघको निर्वाचन स्थगित

जेठ २६, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आजका लागि तोकिएको थियो ।

आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

#पत्रकार महासंघ

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस