२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रधानमन्त्री दाहाल मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत प्रस्थान

२७ जेठ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार अपरान्ह सवा १ बजेतिर नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

दुई दिने औपचारिक भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधान एवं भौतिक मन्त्री रघुवीर महासेठ, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस