२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

‘सत्ताका लागि लम्पसार पर्नेहरूले मलाई भारतीय दलाल देखे’ : बाबुराम भट्टराई

३० जेठ, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् । भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रवुद्ध व्यक्ति समूह इपीजी बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौं भन्ने आफूलाई दलाल देख्ने तर, कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस