२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘देशका लागि हामीले केहि नराम्रो गरेका छैनौँ’ : रवि लामिछाने

१ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।

आज काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँग आम नागरिकहरूको ठूलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन् । उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनै पनि नराम्रो काम गरेको बताए ।

सभापति लामिछानेले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए । उनले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको बताए । उनले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताए । उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वपाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस